पोखरामा जारी प्रचण्ड कप महिला भलिबलमा पुलिस र न्यु डायमन्ड सेमिफाइनलमा

पोखरामा जारी प्रचण्ड कप महिला भलिबलमा पुलिस र न्यु डायमन्ड सेमिफाइनलमा

prachandra cup

पोखरा । विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुलिसले स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९ को सहज जित दर्ता गरी समुह ‘ए’ को विजेता बनेको हो । पुलिसले मंगलबार भएको उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले पराजित गरेको थियो । बुधबार भएको अर्को खेलमा न्यु डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीमा नयाँ खेलाडीहरु लियर मैदानमा उत्र्रिएको गण्डकीले भने राष्ट्रिय खेलाडीले भरिएका डायमण्डसंग हार व्यहोर्नु पर्यो । न्यु डायमण्डले गण्डकीलाई २५—८, २५—१० र २५—१२ को सोझो सेटमा पन्छाएको हो ।

आज  लिग चरणका दुई खेल हुने भएको छ । पहिलो खेल दिउँसो ३ः०० बजे एपिएफ बिरुद्ध स्टेप रामपुर र अर्को खेल ५ः०० बजे गण्डकी बिरुद्ध एभरेष्ट भलिबल क्लब बिच खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताउनु भयो । प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ ३१ गतेसम्म आयोजना हुने भएको अध्यक्ष कोइरालाले जनाउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिता भएको हो ।

प्रतिक्रिया