अवैध गहना कारोबार गर्ने ४ जना भारतीय पक्राउ, २ करोड बढीको गहना बरामद

अवैध गहना कारोबार गर्ने ४ जना भारतीय पक्राउ, २ करोड बढीको गहना बरामद

People

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित प्युखा कृष्णचोकमा अवस्थित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ बाट रु. २ करोड १ लाख ७८ हजार ३ सय ६० बराबरको बिलबिनाको सुन, हिरा तथा पत्थरजडित गहनासहित ४ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं, तथा प्रहरी वृत्त जनसेवा समेतको संयुक्त टोलीले उक्त ज्वेलर्समा खानतलासी गरेको थियो। सो क्रममा बिल भरपाई नभएका बहुमूल्य गहना फेला पारिएको र सोही अभियोगमा ४ जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरू

१. हरिवोर सेख (वर्ष ४३) – भारत, कलकत्ताको स्थायी बासिन्दा तथा काठमाडौं महानगरपालिका–२२ मा बसोबास गर्दै ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ सञ्चालनकर्ता।
२. सुरोजित दास (वर्ष ३९) – भारत, कलकत्ताका स्थायी बासिन्दा।
३. तमोल साद्रा (वर्ष ४०) – भारत, कलकत्ताका स्थायी बासिन्दा।
४. सामुहिम सेख (वर्ष १६) – भारत, कलकत्ताका स्थायी बासिन्दा।

प्रहरीका अनुसार, उनीहरूले नेपालमा गैरकानुनी रूपमा बहुमूल्य गहनाको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। नियन्त्रणमा लिइएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको जनाइएको छ। प्रहरीले राजधानीमा हुने अवैध सुनचाँदी तथा गहना कारोबारमाथि निगरानी कडा पारिएको बताउँदै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।

प्रतिक्रिया