वातावरण दिवसमा विन्ध्यवासिनी माविका विद्यार्थीको सचेतना र्‍याली

वातावरण दिवसमा विन्ध्यवासिनी माविका विद्यार्थीको सचेतना र्‍याली

student.jpg1

पोखरा । विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना र्याली निकालेका छन् ।

इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदान देखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म  सरसफाई गर्नुका साथै जनचेतना जगाएका विद्यालयका क्याप्टेन करुणा आचार्यले जानकारी दिईन् ।

उनीहरुले सडकको दायाँ बायाँ देखिएका फोहर संकलन गर्नुका साथै स्थानियलाई जथाभावी फोहर नफाल्न आग्रह समेत गरेका थिए । जथाभावी फोहर फाल्नाले पर्यटकीय क्षेत्र कुरुप बन्नुका साथै मानव स्वास्थ्यमा असर पर्ने बताउँदै, उनीहरुले फोहरको वर्गिकरण गरी व्यवस्थापन गर्न सुझाव दिए । त्यस क्रममा उनीहरुले महेन्द्र गुफाको समेत अवलोकन गरे ।त्यस क्रममा त्यहाँ फोहर संकलन गरी व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया