पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ को मृत्यु

पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ को मृत्यु

death photo

तस्बिर : सशस्त्र प्रहरी बल ।

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५ मर्दीखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको मृत्यु भएको प्रहरीले बताएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको कमान्डमा गोताखोरसहित खटिएको टोलीले शव फेला पारेको गणपति एसपी सूर्यराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

करिब साढे १ बजेतिर उनीहरु ड्यामका बेपत्ता भएका थिए । उद्धार कार्यमा खटिएको सशस्त्रको टोलीले २० फिट गहिरोबाट उनीहरुको शव निकालेको हो । आधा घण्टाको फरकमा दुई जनाको शव फेला परेको एसपी तिमिल्सेनाले बताउनुभयो ।

तिमिल्सेनाका अनुसार ३ बजेसम्म २ जनाको शव फेला परेको हो । उनीहरुको शवलाई पोस्ट मार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । गोताखोर सशस्त्र प्रहरी जवान माधव भुषाल र विशाल श्रेष्ठले उनीहरुको शव निकालेका हुन् । प्रहरीका अनुसार ६ जना पौडी खेल्न ड्यामका गएकोमा २ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया