बुटवलमा दुई बच्चासहित आमाको हत्या

बुटवलमा दुई बच्चासहित आमाको हत्या

butwal

बुटवलबुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एक आमा सहित दुई बच्चाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेतिर हत्याको घटना भएको हो ।

प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले बुधवार बिहान ४ बजेतिर हत्या गरेको आशङ्का गरेको छ । स्थानीयले घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको बताएका छन् । स्थानीयका अनुसार हत्या गर्ने सुजन कोइराला हुन् । हत्या हुनेमा ३१ बर्षीया दिपा बस्याल र उनका छोरी ७ बर्षीया स्नेहा बस्याल र ४ बर्षीया नानी बस्याल रहेका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त सुजन आफ्नै दाजुको हत्या गरी जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आममाफी पाएर छुटेका थिए । उनीहरूबिच करिब आठ बर्सअघि सम्बन्ध विच्छेद भएको बताइएको छ ।

प्रतिक्रिया