पोखरामा गत माघमा भएको पाँचौ टाइगर कप बाट २१ लाख बचत

पोखरामा गत माघमा भएको पाँचौ टाइगर कप बाट २१ लाख बचत

tiger cup news photo

पोखरा । पोखरामा गत माघ १२ गतेदेखि २० गतेसम्म आयोजना भएको पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २१ लाख बचत भएको छ । प्रतियोगिता आयोजक संस्था टाइगर गु्रप अफ पोखरा नेपालले बुधबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष नारायण शर्मामा अनुसार प्रतियोगितामा १ करोड ७१ लाख ८९ हजार आम्दानी भएकोमा १ करोड ५० लाख ८८ हजार खर्च भई २१ लाख १ हजार बचत भएको हो ।

महिला र पुरुषतर्फ ६÷६ टिम सहभागी भएकोमा २ विदेशी टोली सहभागी थिए । भारत र थाइल्यान्डबाट विदेशी टोली सहभागी भएका हुन् । नेपाली टिमको लागि २४ लाख १० हजार र विदेशी टिमको लागि ३५ लाख १७ हजार खर्च भएको शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुख्य प्रायोजक एनसेलले १७ लाख, सहप्रायोजक सुश्री मिडिया प्रालिले १६ लाख, गण्डकी प्रदेश खेलकुद परिषद् र पोखरा महानगरपालिकाले १० लाख सहयागे गरेका थिए । प्रतियोगितामा टिकट बिक्रीबाट ५७ लाख ३९ हजार आम्दानी भएको छ भने विभिन्न व्यक्ति तथा संस्थाले ५६ लाख ५० हजार सहयोग गरेका छन् । पाँचौ टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ नेपालले उपाधि जितेका थिए ।

बचत रकम सामाजिक सेवा, स्वास्थ्य, शिक्षा र खेलकदमा खर्च गरिने अध्यक्ष शर्माले बताउनुभयो । आगामी माघ ९ देखि १७ गतेसम्म छैटौँ टाइगर कप भलिबल आयोजना गर्न नेपाल भलिबल संघलाई स्वीकृतिको लागि संस्थाले बुधबार पत्रसमेत दिएको छ ।

प्रतिक्रिया