महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा

पिएम एनभिए कप

महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा

pm nva volley ball 6 day photo

पोखरा । नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लब महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाको कभर्ड हलमा मंगलबार भएको खेलमा एपिएफ क्लबलाई ३–० सोझो सेटमा पराजित गरेर न्यु डायमन्डले फाइनमा स्थान बनाएको हो । न्यु डायमन्डले एपिएफलाई हराएपछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान सुरक्षित भएको छ ।

डायमन्डले एपिएफलाई २५–१८, २५–२२ र २५–१६ ले हराउँदै न्यु डायमन्ड सोझो सेटको जित निकाल्यो । लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमन्ड शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको पुलिसको ११ अंक छ । महिलातर्फ बुधबार पुलिस र न्यु डायमन्ड तथा एपिएफ र एभरेस्टबीच खेल हुनेछ । बिहीबार पुलिस र डायमन्डबीच फाइनल तथा एपिएफ र एभरेस्टबीच तेस्रोको लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि मंगलबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्बल विजयी भएको छ । आर्मीको यो सान्त्वना जित मात्र हो । आर्मी प्रतियोगताबाट बाहिरिसकेको छ । लिग चरणबाट बाहिरिसकेका दुई टोलीबिचको प्रतिष्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई ३—० को सेटमा पराजित गरेको हो । कर्णाली पनि लिग चरणबाट बाहिरिसकेको छ । आर्मीले कर्णालीलाई २५—१३, २५—६ र २५—१५ ले विजयी भएको हो । नेपाल भलिबल संघको आयोजनामा भएको खेल जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा दुबै विधाका विजेताले ८ लाख, उपविजेताले ४ लाख पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया