पोखरा । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ९ पालिखेचोकको आयोजना भउको सहकारी शिक्षा तथा वितिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै कलम बचत तथा ऋण सहकारी संस्था पोखरामा रहेका सरकारी मध्य राम्रा भनेर चिनिने सहकारीहरु मध्यमा नि उत्कृष्ट सहकारी रहेको बताउदै तिवारीले काठमाण्डौ पछि पोखरा नै सहकारीका समस्या धेरै रहेको ठाँउ रहेको बताउदै समस्या समाधान गर्न सहकारी संघ लागी परेको बताए ।
सहकारीका अध्यक्ष मनोहरि सापकोटाले सहकारीको मुल्य,मान्यता अनुसार कलम सहकारी चलेको बताउदै सहकारीलाई अहिले थप व्यवस्थित रुपले सञ्चालन गरिएको बताए । कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष तथा सल्हाकार अर्जुन पोखरेलले कलम सहकारीले प्रगति गरेकोमा खुशी प्रकट गर्दे आगामी दिनमा अझ प्रगती गर्दे जाओस भन्दै शुभकामना दिएका थिए । सहकारकिा सल्लाहकार ज्ञान वहादुर काकेिले आफु यस संस्थामा स्थापना कालदेखी नै आवद्ध भएको बताउदै कलम सहकारी प्रति पोखराका मात्र नभएर कास्की जिल्लाका जनताको विश्वास रहेको बताए । कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष गोविन्द गौतम जिल्ला सहकारी संघका लेखा समिति संयोजक तथा लेखा परिक्षक रुद्धनाथ पौडेल कार्यक्रमका प्रशिक्षक तथा पोखरा महानगर सहकारी समितिका सदस्य तथा सहकारी विज्ञ नारायण आचार्य लगाएतले बोलका थिए ।
कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रमेशराज वरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहकारीका शिक्षा समिति सदस्य रामचन्द्र पौडेलले सहकारीका सात सिद्वान्त बाचन गरेका थिए भने व्यवस्थापक सन्तोष लामिछानेले सहकारीको हालसम्मको बितिय अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रम सहकारीका सचिव लाल प्रसाद पाठकले सन्चालन गरेका थिए ।