पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दकुमार थापाले प्रदेश सरकार सदैव सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा साथ र सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
पोखरा उद्योग बाणिज्य संघ सामाजिक बिकास केन्द्र अन्तर्गत जीविकोपार्जन तथा शिक्षा परियोजनाको आयोजना तथा किडासाको आर्थिक तथा प्राबिधिक सहयोगमा पोखरा महानगरपालिका भित्र रहेका श्रम तथा जोखिम पूर्ण अबस्थामा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रद्वारा आयोजित शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रमबाट बालबालिकाहरू लाभान्वित हुनु एक सकारात्मक पहल भएको बताएका छन् । मन्त्री थापाले विद्यालय छाड्ने जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्न गरिएको यस्तो कार्यक्रम प्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उधोग बाणिज्य संघले २०५६ सालदेखि सन्चालन गरिरहेको वालश्रम न्युनिकरण कार्यक्रम हाल किडासाको सयोगमा भईरहेको बताए ।
अध्यक्ष कार्कीले पोखरा उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जस्तो प्रभावशाली पदमा रहनुभएका मन्त्री ज्युसँग निजि क्षेत्र सहकार्य गरि सगसगै हिड्ने मौका नमिलेको बताए ।
अध्यक्ष कार्कीले आम जनमासमा प्रदेश संघियता चाहिदैन भनिरहेको अबस्थामा पोखरा उधोग बाणिज्य संघ संघियताको पक्षमा रहेको र सोही अनुसार वकालत गर्दे आईरहेको स्मरण गर्दे कार्कीले पोखरा उधोग बाणिज्य संघले प्रदेश सरकार रहेको अनुभव, अनुभुति लिन नपाएको समेत बताए ।
पोखरा उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा गण्डकी प्रदेशका मन्त्री ज्युले संघको निर्वाचनमा अर्को प्यानल वनाएर हिडेता पनि उहाँको पक्षको अध्यक्ष नभएर होला तर यो संघ त तपाइकै होनि यहिको अध्यक्ष भएर जानुभएको हो नि भनेर प्रश्न समेत रोखका थिए । कार्कीले संघको अध्यक्ष त सवैको अध्यक्ष रहेको बताउदै सयोगको अपेक्षा राखेको समेत बताए ।
उनले अहिले तीन तहको सरकार बजेट निर्माणम लागिरहेको बताउदै व्यवसायी मैत्री बजेट बनाउन सुझाव समेत दिए ।
पोखरा उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्रकुमार लालचनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघ सामाजिक बिकास केन्द्रका बित्त तथा प्रशासनिक संयोजक सरिता ताम्रकार परियोजना निरीक्षक सफल बराल लगाएतले बोलेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका भित्र श्रम तथा जोखिम पूर्ण अबस्थामा रहेका, आर्थिक अबस्था कमजोर भएका, बिधालय छाडेका तथा छाड्ने उच्च जोखिममा रहेका ४१२ जना बालबालिकाहरुलाई पोखरा उधोग बाणिज्य संघ सामाजिक विकास केन्द्रको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वय तथा किडासाको सयोगमा शैक्षिक सामाग्री तथा विधालय पोशाक वितरण गरिएको थियो ।