पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु

पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु

accident-lameaahel

पोखरा । पोखरा महानगरपालिका – ३२ लामेआहालमा बुधबार दिउँसो भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कस्कीकी प्रमुख शोभा पाण्डेले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा ल्याइएका चार जनामध्ये तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृतकको परिचय खुल्न बाँकी छ ।

दुर्घटना भएको विद्युतीय माइक्रोमा चालकसहित ११ जना सवार रहेकोमा घाइते सात जनाको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया