काठमाडौं । नेपालले थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ ।
छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान ११:१५ बजे सुरु हुनेछ । डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो ।
नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।