कास्की मोडेल अस्पतालमा छाती तथा दम रोग सम्बन्धी निशुल्क शिविर

कास्की मोडेल अस्पतालमा छाती तथा दम रोग सम्बन्धी निशुल्क शिविर

kaski model hp

पोखरा । पोखराको न्यूरोडमा रहेको कास्की मोडेल हस्पिटलको आयोजनामा छाती तथा दम रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य परीक्षण  शिविर भएको छ  ।

सिप्ला कम्पनीको प्राविधिक सहयोगमा विश्व आस्थामा दिवसको अवसरमा मंगलबार हस्पिटलको प्राङ्गणमा  भएको शिविरमा १ सय २८ जनाले सुविधा लिएका छन् । शिविरमा फोक्सोको रोगहरु तथा उपचार संग सम्बन्धी जनचेतना मूलक जानकारी वरिष्ठ छाती रोग विशेषज्ञ डा. शैलेस गुरुङले दिएका थिए ।

मानव शरिरको अत्यन्तै महत्वपूर्ण अंग फोक्सो भएको बताउँदै वायू प्रदुषण, धुम्रपान, मद्यपान, धुँवा धुलोले फोक्सोमा समस्या देखिने डा. गुरुङले aताए । साथै स्वास नलि सानो हुने, स्वास लिन गा‍ह्रो हुने, घाँटी घ्यार ध्यार हुने जस्ता लक्षण फोक्सोमा आएको समस्याको कारण पनि हुन सक्ने बताए ।

सो अवसरमा कुँवर समाज समिति पोखरा -८को  सकृय सहभागिता रहेको थियो ।  १ सय २८ जनाले जाँच गराएकोमा फोक्सोको कार्य जाच पल्मोनरी फङसन टेस्ट(PFT) ९५ जनाको गरिएको जनाए  ।

सिप्ला कम्पनिका पिएफटि टेक्निसियन संजीव रोक्का  प्राविधिकहरु सविना रानाभाट, रुपा गुरुङ, संगिता श्रेष्ठ, विजु नेपाली, अनिता गुरुङ  लगायतको सहयोगमा उक्त शिविर सम्पन्न गरिएको हस्पिटलका प्रबन्ध निर्देशक सूर्यप्रसाद पोख्रेलले बताए

प्रतिक्रिया

भर्खरै