पोखरा । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुन लागेका हुन् ।
यसैगरी, ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।सबैभन्दा कम मनाङबाट ४५ जना र सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी सम्मिलित हुने बोर्डले जनाएको छ ।
मनाङ÷मुस्ताङमा १÷१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको छ । गण्डकीबाट ४३ हजार ३ सय ४९ परीक्षार्थी सहभागी हुँदैछन् । आगामी २ जेठसम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन् । गत ११ वैशाखदेखि सुरु हुने भनिएको पूर्वनिर्धारित परीक्षा नेपाल शिक्षक महासंघको आन्दोलनका कारण २१ वैशाखमा सरेको हो ।