पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोध कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै उहाँले राजावादी या कुनै वादीको नाममा गरिने संविधान विरोध गतिविधिलाई निस्तेज पार्नुपर्ने बताउनुभयो । “नेपाली जनताले रगत बगाएर ल्याएको यो व्यवस्था विरोधी गतिविधिलाई क्षम्य गर्न सकिन्न,”उहाँले भन्नुभयो,“संविधानको अधिनमा रही विरोध गर्न गर्न पाइन्छ, समाजका हिंसात्मक गतिविधि गरेर आंतक्क मच्याउने छुट कसैलाई छैन।” उहाँले समाजका शान्ति सुरक्षा कामय गर्नु राज्यको पहिलो सर्त भएको बताउनुभयो ।
उहाँले संविधान रक्षाको लागि तयार रहन सुरक्षा नियकालाई निर्देशनसमेत दिनुभयो । उहाँले अहिले देशमा अवैध रुपमा लागु औषधको ओसारपसार, आत्महत्या, सवारी दुर्घटना र साइबर अपराध चुनौतीको रुपमा देखापरेको बताउनुभयो । उहाँले अपराध नियन्त्रण र त्यसको निष्पक्ष तथा स्वतन्त्र अुनसन्धान गर्ने पनि दायित्य पनि गृह मन्त्रालय अन्गर्गत नै रहेको बताउनुभयो । उहाँले संविधान र कानुन कार्यान्वयनलाई पनि प्राथमिकता राखेर काम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानको सवल र दुर्वल पक्षहरु केलाएर आवश्यकताका आधारमा संसोधन गरिने पनि बताउनुभयो । संधिवान गतिशील, परिवर्तशील र अग्रगामी हुने बताउँदै पश्चगामी हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघियताको मर्म अनुसार प्रहरी समायोजन नहुँदा समस्या भएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा विपत व्यवस्थापन र शान्ति सुरक्षा सन्तोष जनक रहेपनि लागु औषध, आत्महत्य र सामिाजक सञ्जालसम्बन्धी अपराधको चुनौती रहेको बताउनुभयो । उहाँले गण्डकीमा डढेलो, बाढी, पहिरो र हिम पहिरो जस्ता प्राकृतिक विपत्तीको पनि जोखिम रहेको बताउनुभयो ।
गृह मन्त्रालयका सचिव गोर्कणमणि दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयको सुरक्षा महाशाखाका प्रमुख रामचन्द्र तिवारीले अहिले देखिएको सुरक्षा चुनौतीका बारेमा छलफल गरेर साझा निष्कर्ष निकालेर रणनीतक योजना बनाउन गोष्ठी आयोजना गरिएको बताउयनुभयो ।
गृह मन्त्रालय र गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा गोष्ठी भएको हो । कार्यक्रममा चार वटै सुरक्षा निकायको सहभागिता रहेको छ ।