केपी ओली कप क्रिकेटमा हिमाल फ्रेन्ड्स सेमिफाइनलमा

केपी ओली कप क्रिकेटमा हिमाल फ्रेन्ड्स सेमिफाइनलमा

kp oli cup photo

पोखरा । केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्डस सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो ।

चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तर्गतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ । १ सय २ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय २ रन बनायो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १ रन बनायो ।

दोस्रो खेलमा वर्षा बाधक बन्दा मधेशलाई घाटा हुन पुग्यो । ११ ओभरको खेल सकिँदासम्म मधेश ६४ रन बनाउँदा ४ विकेट गुमाएको स्थितिमा थियो । वर्षाका कारण हिमाल फ्रेन्स डिएल मेडथ अनुसार ३ रनले विजयी भयो । खेल रोकिनुअघि मधेशका ओपनर रोहन विकले ३० रनको योगदान दिनु भएको थियो । त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाल फ्रेन्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । हिमाल फ्रेन्ड्सको कुल ३ खेलबाट २ जितसहित कुल ५ अंक रह्यो । समान खेल खेलेको लुम्बिनी २ जित १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । ३ खेलमा १ जित १ हारसहित कर्णालीको ३ अंक रहँदै तेस्रो स्थानमा रहँदा ३ खेलमै हार व्यहोरेको मधेश अंकविहीन हुँदै बाहिरियो ।

प्रतियोगितामा यस अघि काठमाडौं, गण्डकी हिरोज सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको दशौं दिन सोमबार समूह ‘डी’ तर्फको सुन्दर हेरचाह आइसिसी र आत्रेय क्रिकेट क्लबबिच पहिलो तथा मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लबबिच दोस्रो खेल हुनेछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

भर्खरै