केपी ओली कप क्रिकेटमा सिइसी काठमाडाैं सेमिफाइनलमा

केपी ओली कप क्रिकेटमा सिइसी काठमाडाैं सेमिफाइनलमा

kp oli cup ktm vs pkr

पोखरा । पोखरा रङ्गशालाको क्रिकेट खेल मैदानमा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमीफाइनलमा पुगेको छ । समूह ‘ए’ को विजेता बन्दै काठमाडौँ अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो । पोखरालाई हराउँदै ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बनेको हो । ५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४ दशमवल २ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो । टस जितेर ब्याटिङ थालेको पोखरा १७ दशमलव २ ओभरमा अलआउट हुँदै ५३ रन बनाएको थियो ।

सोही समूहको दोस्रो खेलमा हेटाँैडा स्पोट्र्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ । १सय ७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौडाले १८ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनायो । टस जितेर ब्याटिङ थालेको स्याङजा १९ दशमवल ५ ओभरमा १ सय ७६ रन बनाएर अलआउट भएको थियो ।

प्रतियोगिताको चौथो दिन मंगलबार समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुनेछ भने सोही समूह अन्तर्गत गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबिच दोस्रो खेल हुनेछ । १६ टिमको सहभागिता रहेको प्रतियोगिता वैशाख ५ गतेसम्म चल्नेछ । चार समूहमा १६ टिमलाई विभाजन गरिएको छ भने विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया