हिमपहिरोमा ९ दिनदेखि चिनिया नागरिक बेपत्ता

हिमपहिरोमा ९ दिनदेखि चिनिया नागरिक बेपत्ता

him pahiro

पोखरा । अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा एक चिनिया नागरिक बेपत्ता भएका छन् । २७ वर्षीय (chengyuane) गत चैत ११ गतेदेखि बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउराली नजिकै हिमपहिरोमा उनी बेपत्ता भएका हुन् ।

उनको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् भने हेलिकप्टरबाट पनि खोजी गरिएको थियो । करिब १० फिटसम्म हिउँ पन्छाएर खोजी गर्दापनि मंगलबारसम्म उनलाई फेला पार्न नसकिएको एसपी तिमिल्सेनाले बताए ।

सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विपद् व्यवस्थापन टोली खोजीमा खटिएको छ । प्रहरी निरीक्षक त्रिपाठीका अनुसार करिब २५ रोपनी क्षेत्रफलमा हिमपहिरो फैलिएको छ । उनका अनुसार बुधबार पनि खोजी कार्य जारी रहनेछ । बेपत्ताका आफन्त र चिनिया राजदूतावासका कर्मचारी पनि घटनास्थल पुगेको त्रिपाठीले बताए ।

प्रतिक्रिया