गण्डकीका ८ जिल्लामा खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त

गण्डकीका ८ जिल्लामा खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त

khelkuda bikasa samiti photo

पोखरा । गण्डकी प्रदेशका ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरिएको छ । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको ४ वर्षे कार्यकाल गत फागुन ९ गत पूरा भएको थियो । नियुक्त भएका पदाधिकारीलाई मंगलबार पोखरामा सपथ ग्रहण गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको उपस्थितिमा परिषद्का सदस्य सचिव श्रीधर शर्माले उनीहरुलाई सपथ ग्रहण गराउनुभएको हो । गण्डकीमा सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले ६ जिल्लामा अध्यक्षसहित कोषाध्यक्ष र सत्ता साझेदार दल नेकपा एमालेले एमालेले ५ जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने गरी पदाधिकारी नियुक्त गरिएको हो ।

नेपाली काँग्रेसले ५ जिल्लामा उपाध्यक्ष र सचिव तथा नेकपा एमालेले ६ जिल्लामा उपाध्यक्ष र सचिवसहित पदाधिकारी नियुक्त गरिएको परिषदका अध्यक्ष एवं मन्त्री विन्दुकुमार थापाले बताउनुभयो । मन्त्री थापाका अुनसार कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मिलन गुरूङ, उपाध्यक्षमा तिलक अधिकारी क्षेत्री, सचिवमा अन्जु केसी र कोषाध्यक्षमा विग्नेश थापा रहनुभएको छ ।

गोर्खामा अध्यक्षमा प्रेम बहादुर तामाङ, उपाध्यक्षमा मकेश बानियाँ, सचिवमा अमृता गुरूङ र कोषाध्यक्षमा होम बहादुर थापा मगर, लमजुङमा अध्यक्ष सुमन श्रेष्ठ, उपाध्यक्ष अमृता पौडेल, सचिवमा मिन प्रसाद घले र कोषाध्यक्षमा रवि थापा रहनु भएकोछ । तनहुँ खेलकुद विकास समितिको अध्यक्षमा अनिल पाण्डे, उपाध्यक्षमा इनकन पोख्रेल खनाल, सचिवमा विश्वकुमार बुढा र कोषाध्यक्षमा कविराज श्रेष्ठ, स्याङजा अध्यक्षमा प्रकाश रेग्मी, उपाध्यक्ष विजयविक्रम खाँड, सचिवमा विद्यादेवी भट्टराई र कोषाध्यक्षमा धिरज खाँड छन् ।

पर्वतको अध्यक्षमा जङ्गबहादुर पुन मगर, उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन मगर र कोषाध्यक्षमा जगतप्रसाद लामिछाने, बागलुङमा अध्यक्ष (निर्णय हुन बाँकी), उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा, कोषाध्यक्ष (निर्णण् हुन बाँकी), म्याग्दी अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विष्णुकुमार रोक्का, सचिवमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन रहनुभएको छ । मनाङ, मुस्ताङ, नवलपुरमा पदाधिकारी नियुक्त गर्न बाँकी रहेको छ ।

सपथ ग्रहण कार्यक्रममा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी अवस्थामा रहन समितिहरुलाई आग्रह गर्नुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ३० लाख रकम विनियोजन गरिएको बताउँदै प्रदेश सरकार खेलाडीहरुको हितमा काम गर्न लागि परेको बताउनुभयो । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरूङले खेलकुद विकासको जिम्मेवजारी जिल्ला खेलकुद विकास समितिमा निहीत रहेको बताउनुभयो ।

प्रतिक्रिया