बहराइन ।
कास्की आदर्श समाज बहराइनले आफ्नो स्थापनाकाल देखिनै गर्दै आइरहेको सामाजिक कार्यहरूलाई निरन्तरता दिदै कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका -वडा नं ४ लाहाचोकको भिरकटेरामा रहेको देउराली आधारभूत बिद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ७ सम्मका ५५ जना छात्र छात्राहरूलाई बिद्यालय पोशाक ( ट्रायाकसुट र टिसर्ट) बितरण गरेको छ।
बिद्यालयको वार्षिक नतिजा प्रकाशनको अबसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा वडाका का. बा. अध्यक्ष, अन्य समाजसेवीहरू, बिद्यार्थो, अभिवाकहरू, बिद्यालय प्र अ, शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो भने समाजको प्रतिनिधित्व गर्दै कास्की आदर्श समाज नेपालका अघ्यक्ष विश्वबन्धु थापा लगाएत अन्य पदाधिकारीहरू साथै कास्की आदर्श समाज अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सिना सचिव बिकासराज बराल लगाएत अन्य पदाधिकारीको उपस्थिति रहेको अध्यक्ष तिर्थ बहादुर भण्डारीले जानकारी दिनु भयो