काठमाडौं तिनकुने घटनमा सम्लग्नको आरोपमा ५२ जना पक्राउ

काठमाडौं तिनकुने घटनमा सम्लग्नको आरोपमा ५२ जना पक्राउ

kathmandu-police

काठमाडौं । प्रहरीले गत चैत १५ काठमाडौंको तिनकुनेमा भएको घटनामा सम्लग्न रहेको आरोपमा अहिलेसम्म ५२ जनालाई पक्राउ गरेको छ । राजावादीको नाममा गरिएको हिम्सात्मक आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । अराजक समूहले निजी तथा सार्वजनिाक सम्पत्तिमा क्षति पु¥याउनुका साथै सञ्चार माध्यममा पनि आक्रमण गरेका थिए ।

प्रहरीले पक्राउ गरेका मध्ये राज्य विरुद्धको कसुर र संगठति अपराधमा ११ जनालाई र ४१ जनालाई अपराधिक उपद्रव र संगठित अपराधमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

उनीहरुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको नामावली यस प्रकार रहेको छ ।

Press Release

प्रतिक्रिया