पोखरा । गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुँदैछ । गत शुक्रबारलाई तय गरिएको प्रश्नोत्तर आइतबारलाई सारिएको हो । शुक्रबार माओवादीका सांसदहरु अनुपस्थित हुने भएपछि कार्यतालिका हेरफेर गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीसँग प्रश्न सोध्न ३ दिनअगाडि नै सचिवालयमा प्रश्न दर्ता गराउनुपर्ने हुन्छ । प्रदेश सभा नियमावली २०८० ले पनि प्रत्येक महिना मुख्यमन्त्रीसँग प्रश्न उत्तर हुनुपर्ने व्यवस्था गरेको छ ।
प्रायः संसदमा मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदा शून्य समय र विशेष समय हुँदैन । गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्य तालिका छ । गण्डकी प्रदेश सभा पूर्वान्ह ११ बजे बस्नेछ ।