पोखरा । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सव हुने भएको छ । नेपाली सँस्कृतिको संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं वाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म ३ दिन महोत्सव आयोजना गर्न लागिएको हो । २० औँ संस्करणको फेवा नववर्ष महोत्सव फेवा किनार ड्यामसाइडदेखि खहरेसम्मको सडकमा सञ्चालन हुने आयोजक होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।
नेपाली नयाँ वर्षलाई उल्लासमय रुपमा मनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रचारप्रसार गरी मौलिक सँस्कृतिको जर्गेनाका लागि साँस्कृतिक झाँकीसहित महोत्सव सुरु हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा सुवेदीले बताउनुभयो । “महोत्सवका अवसरमा पोखरा आउने पर्यटकलाई संघ अन्तर्गतका होटलमा २० प्रतिशत छुट गरिने,”उहाँले भन्नुभयो,“नेपाली सँस्कृतिको जर्गेना, पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकको बसाइ लम्बाइ आर्थिक चलायमानमा महोत्सवले सहयोग पु¥याउने विश्वास छ । ”
महोत्सवमा प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, साँगीतिक कार्यक्रमहरुको प्रस्तुति, मनोरञ्जनात्मक खेलकदु कार्यक्रम, पर्यटक दौड समावेश गरिएको छ । महोत्सवको प्रचारप्रसारको लागि नेपाल पर्यटन बोर्डको सहकार्यमा फेवा महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका प्रमुख सहरहरुमा जाउँ है पोखरा अभियान सञ्चालन गरी त्यस क्षेत्रका बासिन्दाहरुलाई आमन्त्रण गरिसकिएको महासचिव राजेन्द्र ढकालले बताउनुभयो । संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा लगायतका प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताउनुभयो ।
महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी तयारी थालिएको र निकट भविश्यमा जाउँ है पोखरा अभियान नेपालको पश्चिमका सहरहरुमा सञ्चालन गरिने सुवेदीको भनाइ छ । पत्रकार सम्मेलन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेल मेला, महोत्सवले पर्यटकीय गतिविध बढाउन सहयोग पु¥याउने बताउनुभयो । महोत्सव सम्पन्न गर्न करिब ५० लाख लाग्ने अनुमान आयोजकको छ । होटल संघ पोखराले नेपाली नयाँ वर्षलाई प्रवद्र्धन गर्न विगत २० वर्षदेखि महोत्सव गर्दै आएको छ । संघमा पर्यटक स्तरका ४ सय होटल आवद्ध छन् ।