पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले एघारौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सवैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आफुले व्यवसायीहरूको हक हितको लागि सधैन आवाज उठाउदै आएको र भविश्य पनि उठाउने बताउदै आफ्नो तर्फबाट एशोसियसनलाई के कस्तो सयोग तथा सल्लाहको आवश्यकता पर्छ सयोग गर्ने आफू प्रतिवद्वता रहेको बताए ।
रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका निर्वतमान अध्यक्ष तथा मानार्थ सदस्य केशव बहादुर खत्रीले रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने भएकोले सवैभन्दा ठूलो धान रक्तदान भएको बताउदै खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले सामाजिक उत्ररदायित्व बहन गर्दे एघारौं पटक रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले विभिन्न सामाजिक कार्यहरू गरिरहेको बताउदै एशोसियसनलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठ कस्मेटिक व्यवसायी संघकी उपाध्यक्ष सरू बराल लगाएतले बोलेका थिए ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष बुद्वि बहादुर कुंवरले स्वागत मन्तव्य राखेका थिए भने सचिव तथा कार्यक्रम संयोजक थमनसिह गुरूङले धन्यवाद प्रकट गरेका थिए भने एशोसियसनका महासचिव राजु केसीले कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका प्रवक्ता मनोहरि पौडेल पोखरा उधोग वाणिज्य संघको सदस्यमा मनोनीत भएकोमा र कार्यसमिति सदस्य लक्ष्मण आचार्य कस्मेटिक व्यवसायी संघ कास्कीको अध्यक्षमा हालै निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा रक्त संचार केन्द्र पोखराका प्रादेशिक प्रमुख अर्जुन ज्ञवालीको टोलिले बिशेष सयोग गरेको थियो ।