कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

bhukampa

पोखरा ।  कास्कीमाे मादी  गाउँपालिकाको सैइमराङ आसवपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको  भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रा खलबलाइदिएको थियो । भूकम्पले क्षति  भने गरेको छैन । गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

भर्खरै