टि–२० क्रिकेटको उपाधि लेखनाथ युथ क्लबलाई

टि–२० क्रिकेटको उपाधि लेखनाथ युथ क्लबलाई

Winner Team PIC

पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि लेखनाथ यूथ क्रिकेट क्लवले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा माछापुच्छ«े क्रिकेट क्लवलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो ।

लेखनाथको ईडेन हेभन क्रिकेट मैदानमा सोमबार उपाधि भिडन्तमा लेखनाथ यूथ क्लवले टस जितेर पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रनको योगफल तयार ग¥यो । लेखनाथका लागि पुष्पेन्द्र झाले ३२ बलमा ३२ रन, दीपक बरालले २३ बलमा २८ रन र मार्सल बरालले १८ बलमा २२ रनको योगदान दिएका थिए । लेखनाथलाई ठूलो स्कोर बनाउन नदिन रितेश बरालले २२ रन खर्चिएर ३ विकेट तथा धिरज अधिकारीले २५ रन खर्चेर २ विकेट लिएर दवाबमा राखेका थिए ।

१५१ रनको मध्यम लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा उत्रिएको माछापुच्छ«े क्रिेकट क्लव निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केवल १२० रनमा सिमित भएपछि उपबिजेतमा चित्त बुझाउन बाध्य भयो । माछापुच्छ«ेका आशिष न्यौपानेले २७ बलमा २३ रन र पूर्णबहादुर जिटीले १५ बलमा २२ रन बनाएपनि अन्य ब्याटर चल्न सकेनन् । फाईनल खेलमा माछापुच्छ«ेलाई कम रनमा समेट्न लेखनाथका मार्सल बरालले १४ रन खर्चेर २ विकेट हत्याएका थिए । सोमबारको फाइनल खेलको प्लेयर अफ दी म्याच मार्सल बराल बने ।

प्रतियोगिताको बेष्ट प्लेयर अफ द टुर्नामेन्ट उपाधि बिजेता टिम लेखनाथ यूथ क्लवका दीपक बराल बने । त्यस्तै, माछापुच्छ«े क्रिकेट क्लवका प्रमोद बास्तोला बेष्ट बलर तथा कास्की क्रिकेट क्लवका आदीत्य थापा बेष्ट ब्याट्स म्यान घोषित भए ।

उपाधि बिजेता तथा विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन, सदस्य अभिनय श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

भर्खरै