पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवालाई प्रभावकारी, छिटो,छरितो बनाउन १२ वटा कानुन ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन कानुन पनि समस्याको रुपमा रहेकाले सरकारले अध्यादेशमार्फत् कानुन ल्याएको स्पस्ट पार्नुभयो ।
“नेपाली जनताको त्याग र बलिदानबाट लोकतान्त्रिक शासन व्यवस्था आएको हो,”उहाँले भन्नुभयो,“ अहिलेको राजनीतिक प्रणालीलाई केही सुधार गर्नेपर्ने देखिएको छ, सुधारका लागि कानुन पनि वाधक भएकाले १२ वटा काननु ल्याउन लागिएको हो, जनतालाई शुसानको प्रत्याभूति दिलाउन सरकार लागि परेको छ ।” सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले सार्वजनकि सेवालाइ समय सुहाउँदो बनाएर जनतालाई सुशासनको प्रत्याभूति गराएर मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने कार्य नै सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
“सार्वजनिक सेवा प्रवाह गर्दा मन्त्रालय÷मन्त्रालयबिचमा पनि समस्या देखिएको छ,”उहाँले भन्नुभयो,“मन्त्रालयहरुबचिमा समन्वयको खाँचो छ, कतिपय अवस्थामा कानुनले पनि समस्या पारेको छ, कानुनी अड्चन फुकाउन सरकार लागेको छ ।” समाज सेवा र नेतृत्व विकासमा लायन्सले महत्वपूर्ण भूमिका खेलकोे उहाँको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आइका डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाले लायन्स क्लबहरूले मानवीय सेवामा गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो ।