पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ ।कार्यलयले सोमबार एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि संजाल मार्फत वडा भित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल बिकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा -३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार न्यु नारायणी जातको घिरौला,भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सीमी, लौका, र चिफ्ले भिन्डी गरि १ लाख ५० हजार बराबरको बिउ बितरण गरिएको छ । ४८ वटा समुहलाई हस्तान्तरण गरिएको बिउ त्यि समुह मार्फत हरेक कृषकको घर-घरमा पुर्याईएको उहाँको भनाई थियो ।
बिउ हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले किसानको जीवन स्तर उकास्नको लागि र जिबिको पार्जनमा सहयोग पुर्याउने उदेश्यको साथ बीउ बितरण गरिएको बताउनु भयो । उहाँले यो बिउलाई सहि सदुपयोग गरेर आफूलाई खाने तरकारी उत्पादन गरि बाँकी भएको तरकारी बिक्री बितरण गरि आय आर्जन गर्न समेत आग्रह गर्नुभयो ।
पोखरा महानगरपालिका ३१ कृषि संजालका अध्यक्ष केशबराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा कार्यलयका सुचना अधिकारी माधबराज तिमिल्सिनाले गर्नु भएको थियो ।