वातावरण संरक्षाणमा जागरुक गराउन पोखरामा फोहोर संकलन दौड

वातावरण संरक्षाणमा जागरुक गराउन पोखरामा फोहोर संकलन दौड

race 1

पोखरा । पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता भएको छ । “स्वच्छ देश, हाम्रो परिवेश” भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो ।

उहाँले दौडको शुभारम्भ गर्दै यो दौडले हामीमा फोहोर नगर्नका लागि जागरण ल्याउन सहयोग पुग्ने बताउनुभयो ।सहरमा देखिने फोहोर मात्र नभएर हामी भित्र रहेको नकारात्मक सोचलाई पनि बदल्न उहाँले विशेष गरी युवाहरुलाई आग्रह गर्नभयो । मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात गर्दै आम नागरिकमा सरसफाइप्रति जागरुक गराउन दौड आयोजना गरिएको बताउनुभयो ।

वातावरण संरक्षण र स्वच्छतामा युवा, विद्यार्थी र नागरिकलाई सचेत र एकजुट बनाइ फोहोर नगर्न प्रेरित गर्ने उद्देश्यले दौड गरिएको उहाँको भनाइ छ । दौड पाँच किमी सडकमा भएको हो । पोखराको नदीपुरस्थित प्रतिभा माविबाट सुरु भएको फोहोर संकलन दौड पालिखेचोक, महेश्न्द्रपुल, नयाँ बजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोडहुँदै पुन प्रतिभा माविमा पुगेर समापन भएको हो ।

दौडमा दुई जनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम छ । एक घण्टाको दौडमा प्रतियोगिले संकलन गरेको फोहोरलाई जोखेर सबै भन्दा धेरै फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिने फाउन्डेसनका सदस्य सृष्टि घिमिरेले बताउनुभयो । विभिन्न विद्यालय र तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि दौडमा सहभागी भएका थिए ।

फाउन्डेसनका अध्यक्ष केपी खनालको अध्यक्षमा भएको कार्यक्रममा टार्गेट कन्सल्टेसीका संस्थापक भूवन क्षेत्री, प्रतिभा माविमा प्राचार्य किरण सापकोटाले दौड सिम्बोलिक भएको र अब हरेक महिना यस्ता कार्यक्रम सहरमा भइरहनुपर्ने उहाँले बताउनुभयो । वातावरण संरक्षणमा आम नागरिकमा जागरुक गराउन मैनादेवी फाउन्डेसले देशका अन्य सहरमा पनि यस्ता कार्यक्रम गरेको छ । फोहोर नगर्नका लागि सेचत गराउने उद्देश्य फाउन्डेसनको छ ।

प्रतिक्रिया