आहारारा गोल्ड कपमा चर्च ब्वाइज सेमिफाइनलमा

आहारारा गोल्ड कपमा चर्च ब्वाइज सेमिफाइनलमा

aha rara news 28 photo 2

चर्च ब्वाइजका खेलाडीहरु ।

पोखरा । साविक विजेता त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्ड कपको २४ औँ संस्करणबाट बाहिरिएको छ ।पोखरा रङ्गशालामा सोमबार भएको खेलमा निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै चर्च ब्बाइज क्लबले आर्मीलाई पाखा लगाएको हो ।

वैकल्पिक खेलाडीको रुपमा खेलको २५ औँ मिनेटमा मैदान प्रवेश गरेका राजले भुसालले ९० औँ मिनेटमा गोल गरेर टोलीलाई सेमिफाइनल पु¥याउनुभयो । फिप्टीफिप्टीको खेलमा लिग विजेता चर्च ब्वाइजले बाजी मार्न सफल भएको हो । दुबै टोलीले केही राम्रा अवसरलाई गोल सदुपयोग गर्न भने चुकेका थिए । सोमबारको खेलमा म्यान अफ दी म्याच चर्च ब्वाइजका मिलन राई हुनुभयो ।

आर्मीका प्रशिक्षक मेघराज केसीले खेल फिप्टीफिप्टी भएपनि स्कोर निकाल्न नसक्दा पराजित भएको बताए । नेपालको अहिलेको राम्रो टिमसँग आफ्ना खेलदाडी उत्कृष्ट नै खेलको उहाँको भनाइ छ । खेलाडीबीचका कम्युनिकेस बिग्रदा नजिता निकाल्न नसकिएको बताउनुभयो ।

चर्चा ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले आर्मी फिजिकल र टेक्निकल्ली बलियो टिम भएको र प्रतिस्पर्धात्मक खेलमा हामीले स्कोर गर्न सकेको बताउनुभयो । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिससँग सेमिफाइनल खेल्नेछ । नकआउटका आधारमा सञ्चालित प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया