पोखराका चर्चित ७ सांगीतिक ब्यान्डको प्रस्तुतिमा रमाए दर्शक

पोखराका चर्चित ७ सांगीतिक ब्यान्डको प्रस्तुतिमा रमाए दर्शक

prithivi subba 2

पोखरा । पोखरा पचासको दशकमा ब्णन्डहरुको सहरका रुपमा परिचित थियो । विशेष गरी पोखराका अधिकांश ब्यान्डहरुले लोक पप विधालाई अंगालेका थिए । लोक पप गीतलाई दर्शक र स्रोताले पनि रुचाएका थिए । तर, ६० दशकपछि भने ब्यान्डहरुको सांगीतिक माहोल भने सुस्तायो । पोखराका केही ब्यान्डहरुले निरन्तरता दिएपनि पचासको दशकको अवस्था भने अहिले छैन । त्यहीँ पुरानो विरासतलाई फर्काउन पोखरामा शनिबार ब्याक टु नाइन्टिज कार्यक्रम भएको छ । कार्यक्रममा पोखराका चर्चित ७ वटा ब्यान्डहरुले प्रस्तुति राखेका छन् ।

सन १९९० (पचासको दशक) को झल्को दिने गरी उक्त कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यो बेलाको क्यासेट प्लियर बजाएर शुभारम्भ गर्नुभयो । उहाँले गण्डकी प्रदेश साहित्य, कला, संगीतमा अब्बल रहेको बताउनुभयो । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमो शनिबार साँझ पोखरामा आयोजना गरेको ‘ब्याक टु नाइन्टिज’ (विरासतलाई फर्केर हेर्दा) कार्यक्रमको शुभारम्भ गर्दै उहाँले पोखरा पर्यटनको मात्र नभई संगीतको पनि राजधानी भएको दाबी गर्नुभयो ।

पोखरा पचासको दशकमा साँगीतिक ब्यान्डहरुको सहरका रुपमा परिचित भएको स्मरण गर्दै गुरुङले विरासतलाई हामीले भुल्न नहुने बताउनुभयो । ब्याक टु नाइन्टिज कार्यक्रमले पोखराका साँगीतकि ब्यान्डहरुलाई रिभाइब हुन उत्साह थप्ने उहाँको भनाइ छ । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आगामी फाल्गुन ३ गते पोखरा भ्रमण वर्ष घोषणा गर्न लागिएको र उक्त कार्यक्रमको प्रवद्र्धनका लागि ब्यान्डहरुले जाउृँ है पोखरा भन्दै देशका सबै सहरका साँगीतिक कार्यक्रम गर्ने बताउनुभयो । नब्बेको दशकमा उदाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती कमाएका ७ वटा पोखराका साँगीतिक ब्यान्डहरुले प्रस्तुति राखेका थिए ।

कार्यक्रममा कन्दरा ब्यान्ड (विवेक श्रेष्ठ), डि–मर्चा ब्यान्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्यान्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली ब्यान्ड (शान्त बज्राचार्य), ब्रो—सिस ब्यान्ड (प्रकाश राना), मध्याह्न ब्यान्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोन्ड ब्यान्ड (श्यामसुङ तामाङ) ले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

माघको चिसो मौसमको प्रवाह नगरी साँझको समयमा कार्यक्रम स्थलमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म कार्यक्रममा गीत सुन्न उपस्थित भएका थिए । करिब ३ घण्टा दर्शकहरु साँगीतक माहोलमा रमाएका थिए । कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य मनकुमार श्रेष्ठले हरेक वर्ष यस्ता कार्यक्रम अब पोखरमा आयोजना हुने बताउनुभयो । कार्यक्रममा प्रस्तुति राखेका ब्यान्डका गायकहरुले यो कार्यक्रमले आफूहरुलाई उत्साहित बनाएको र पचासको दशकको विरासतलाई फर्काउन प्रयास गर्ने उनीहरुले प्रतिवद्धता गरेका थिए ।

प्रतिक्रिया