आहारारा गोल्ड कपमा मछिन्द्र क्लब क्वार्टरफाइलनमा

आहारारा गोल्ड कपमा मछिन्द्र क्लब क्वार्टरफाइलनमा

aha rara

पोखरा । पोखरामा जारी २४ औँ संस्करणको आहारारा पोखरा गोल्डमा मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई २—० ले पराजित गरेको हो ।

मछिन्द्रका लागि आदित्य शाक्य र स्टेफन कामाहाले एक÷एक गोल गर्नुभयो । खेलको ७४ औँ मिनेटमा डिबक्समा पाएको बललाई आदित्यले एफिएफका रक्षकलाई छलाएर गोल गर्नुभयो । खेलको ८१ औँ मिनेटमा देवेन्द्र तामाङको फ्रि किक बललाई स्टेफन कामहाले सदुपयोग गर्दै गोलमा परिणत गर्नुभयो । खेलमा उहाँ नै म्यान अफ दी म्याच घोषित हुनुभयो । जितसँगै मन्छिन्द्रले माघ २७ गते थ्रिस्टार क्लबसँगको भेट पक्का गरेको छ ।

बुधबारको खेलमा एपिएफले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यर्होनु पर्‍यो ।एपिएफका प्रदीप लामाले पाएका केही अवसर गोलमा परिणत हुन सकेन । एपिएफका प्रशिक्षक जिवेश पाण्डेलेखेलमा फिनिसिङ हुन नसक्दा पराजित हुनु परेको बताउनुभयो । बिहीबारको खेल एनआरटी क्लब र ब्वाइज युनाइटेड क्लबबीच हुनेछ ।

प्रतिक्रिया