गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै

Gandaki Province 1

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाकेका हुन् । दिउँसो २ बजे सुरु हुने बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार कार्यसूची पारित गरेको छ ।१ सय ३२ दिनपछि आज सभा बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि प्रदेश निमामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश मुख्यमन्त्रीले सदनमा टेबल गर्नेछन् ।

अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुने छ । त्यसपछि अर्को बैठक माघ ३० गतेका लागि डाक्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले गरेको छ । प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया