पोखरा । सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १० औं अधिवेशनले पुनः भीम पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मनपति भण्डारी, प्रथम उपाध्यक्षमा विष्णु सुवेदी, द्धितीय उपाध्यक्षमा प्रेम पहारी, महासचिवमा घनश्याम तिम्सिना, सचिवमा शम्भुराम पाण्डे, कोषाध्यक्षमा गुप्तबहादुर कार्की, सहकोषाध्यक्ष धनबहादुर विक छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा आसवीर नेपाली, दोर्चे तामाङ, सिर्जना सापकोटा, लक्ष्मी केसी सिंह, शरा बोगटी, ईन्द्रप्रसाद दाहाल, नारयणप्रसाद पौडेल, मीना ढकाल, मीनमाया श्रेष्ठ, र कमला वज्राचार्य रहेका छन् ।