स्वरूप परिवर्तन गरिएका ४७ वटा सवारी साधन नियन्त्रणमा

स्वरूप परिवर्तन गरिएका ४७ वटा सवारी साधन नियन्त्रणमा

bike

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाइहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सञ्चालन गरिएको जाँचका क्रममा स्वरूप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

यी सवारी साधनहरू समाजमा अत्यधिक आवाज उत्पादन गरी ध्वनि प्रदूषण फैलाउने अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई आवश्यक कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, पोखरा पठाइएको छ।

यदि कसैले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाएको देखेमा, तत्काल जिल्ला प्रहरी कार्यालयको १०० वा जिल्ला ट्राफिक प्रहरी कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिन अनुरोध प्रहरीले गरेको छ ।

प्रतिक्रिया