नौ कक्षामा पढ्ने सुशान्त नेपालीको काँधमा परिवार पाल्ने जिम्मेवारी

नौ कक्षामा पढ्ने सुशान्त नेपालीको काँधमा परिवार पाल्ने जिम्मेवारी

नेपाल पूर्वप्रहरी संगठन लेखनाथद्वारा खाद्यान्न वितरण

rahat bitaran

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ माझठाना डाँडाथोकका सुशान्त नेपाली कक्षा ९ मा अध्ययरत छन् । १५ वर्षीय उनले पढाइमा मात्र ध्यानदिनुपर्ने बेला हो । तर, कमजोर आर्थिक अवस्था र बाबुआमा दुबै दृष्टिविहीन भएपछि परिवार पाल्ने जिम्मेवारी पनि उनकै काँधमा छ ।
उनका बाबु मानबहादुर र आमा रीता पूर्ण दृष्टिविहीन छन् । सँगैका साथी नियमित विद्यालय जाँदा उनमा भने दैनिक ज्यालादारीमा काम गर्नुपर्ने वाध्यता छ । दैनिक ज्लादारी गर्दा उनी नियमित स्कुल जान पाउँदैनन् । नियमित विद्यालय जान नपाएका कारण उनको पढाइमा असर परेको रत्नशोभा माविका प्राध्यानाध्यापक किरणबाबु न्यौपानेले बताए ।

नेपाली परिवारको आर्थिक अवस्था कमजोर देखेर नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइ र नेपाल पूर्वप्रहरी परिवार संगठन लेखनाथ इकाइले खाद्यान्न वितरण गरेको छ । नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइ समितिका अध्यक्ष कृष्ण तिमिल्सेनाले नेपाली परिवारलाई ४ बोरा चामल, तेल, चिउरा, मस्यौरा, चिनी लगायत खाद्यान्न वितरण गरेको बताए । रत्नशोभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका तिमिल्सेनाले सुशान्तको पढ्ने अधिकार हनन् नहोस् भनेर सहयोग गरेको बताए ।

सेवाबाट निवृत्तभएपछि पनि सामाजिक कार्यमा सक्रिय हुनु नेपाल पूर्वप्रहरी संगठन बनाएर संगठित भएको उनको भनाइ छ । खाद्यान्न वितरणमा नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइका अध्यक्ष तिमिल्सेना, नेपाल पूर्वप्रहरी परिवार लेखनाथ इकाइका अध्यक्ष रश्मीदेवी तिमिल्सेना लगायत सदस्यहरु, स्थानीय मंगलबाहादुर नेपाली, नरबहादुर नेपाली सहभागी भएका थिए । नेपाल पूर्वप्रहरी परिवार लेखनाथ इकाइका सदस्य सीता रानाभाटले सुशान्त नेपालीको लागि विद्यालय पोशकसमेत वितरण गरेकी थिइन् ।

प्रतिक्रिया