पोखरा पब्लिक स्कुलमा नेतृत्व विकास कार्यक्रम

पोखरा पब्लिक स्कुलमा नेतृत्व विकास कार्यक्रम

public

पोखरा । पोखराको चाउथेस्थित अनुपम टोलमा रहेको पोखरा पब्लिक स्कुलमा एक दिने नेतृत्व विकास कार्यक्रम भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गत एक वर्षे शिक्षा शास्त्र स्नातकोत्तर कार्यक्रमका विद्यार्थीहरुले आयोजना गरेको यो कार्यक्रममा नेतृत्व विकाससँगसँगै वर्तमान शिक्षाका अवसर, सम्भावना र चुनौतीको बारेमा छलफल भएको थियो ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर धनपति सुवेदी एवं उत्पेरक वक्ता विकल शेरचनले उक्त कार्यक्रममा प्रमुख वक्ता थिए । नेपालको वर्तमान शिक्षा एवं सामुदायिक र संस्थागत विद्यालयहरुको बारेमा भएको सामूहिक छलफलमा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, लक्ष्मी मावि लेखनाथका प्रधानाध्यापक जगन्नाथ अधिकारी र डायमन्ड माविका संस्थापक माधवशरण उपाध्याय सहभागी थिए । छलफलमा काठमाडौं विश्वविद्यालयका स्नातकोत्तर कार्यक्रममा विद्यार्थी सुजन लम्सालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्राध्यापक डाक्टर धनपति सुवेदीले शिक्षामा परिवर्तन ल्याउन शिक्षा विषयलाई विशेष प्राथमिकता राखेर शिक्षकहरुलाई सबै भन्दा बढी पारिश्रमिक उपलब्ध गराउनुपर्र्नेे बताए । उनले शिक्षासँगै जीवन उपयोगी सिपलाई पनि सँगसँगै सिकाउनु पर्ने बताए । अर्का वक्ता उत्प्रेरक विकल शेरचनले नेतृत्व गर्ने व्यक्तिले जहिले पनि समाज कल्याणको बारेमा सोच्नु पर्ने बताए । कार्यक्रममा सिद्ध मावि फलेपाटनका प्रधानाध्यापक राजु क्षेत्री र शीतलादेवी मावि पोखराका प्रधानाध्यापक बाबुराम अधिकारीले सामुदायक विद्यालयका सवल पक्षहरु प्रस्तुत गरेका थिए । ग्लोबल कलिजियट माविका प्राचार्य बाबुराम पन्त, पोखरा पब्लिक स्कुलका प्राचार्य कृष्ण केसीले विद्यालयमा अवलम्बन गरेका सवल पक्षका बारेमा बताएका थिए ।

काठमाडौं विश्वविद्यालय शिक्षा शास्त्र अन्तर्र्गत स्नातकोत्तर प्रथम वर्षका विद्यार्थी निमा महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा पब्लिक स्कुलका प्रबन्ध निर्देशक तथा विश्वविद्यालय सोही संकायका विद्यार्थीअविनाश कार्कीले गरेका थिए भने सञ्चालन मञ्जु पोखरेलले गरेकी थिइन् । कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा विद्यार्थी गरी ५० जना सहभागी थिए ।

प्रतिक्रिया