पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु) चयन भएकी छन् । फोनिज कास्कीका शुक्रबार पोखरामा भएको अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध गरेको हो ।
समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिव देविका तामाङ, सहसचिव प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् । सदस्यमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, बिनिता राना (सोनु) र वर्षा गुरुङ चयन भएका छन् ।
बाँकी ४ सदस्यपछि थप गरिने जनाइएको छ । यसअघि अधिवेशनको फोनिज गण्डकीका इन्चार्ज मानबहादुर घर्ती (एमबी आस्था) र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा समाजसेवी कर्मकुमारी गुरुङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समाजसेवी कर्मकुमारी गुरुङ, फोनिज गण्डकी सल्लाहकार दीपेन्द्र श्रेष्ठ, फोनिज गण्डकी उपाध्यक्ष खिमाकुमारी गुरुङ लगायतले आदिवासी जानजातिको मुद्दामा फोनिजकर्मीले कलम र क्यामेरा चलाउनुपर्ने बताएका थिए ।