लेखनाथ । कास्कीको लेखनाथमा जारी लेखनाथ महोत्सव किनबेचको थलो बनेको छ । महोत्सवमा रमाइलो हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मूल्यमा पाइने भएपछि महोत्सवस्थल व्यापारिक केन्द्र बनेको छ ।
महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामान लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बिहीबार बढेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भट्टराईले जानकारी दिए । ‘महोत्सवमा आएर दिनभर रमाइलो हेर्ने र साँझ सामान किनेर फर्कने क्रम बढ्दो छ,’ उनले भने ।
महोत्सवमा राखिएका तीन सय ३६ फरक÷फरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाइने भएपछि उपस्थित दर्शकहरु सपिङमा व्यस्त हुन्छन् भने अपेक्षा अनुुसार व्यापा हुँदा व्यवसायीहरु पनि खुसी भएका छन् ।
माघ १ गतेसम्म चल्ने महोत्सव आठौं दिनमा चलिरहदा बिहीबार मात्र ४० लाख रुपैयाँ बराबरको आर्थिक कारोवार भएको र अहिलेसम्म आउदा ३ करोड ७५ लाख बरावरको कारोबार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिइन् ।
वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको उनले जानकारी दिइन् ।
वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
यसैविच महोत्सवको आठौ दिन कलाकारहरु राजु गुरुङ, पुर्णकला बिसी, जिवन दाहाल, पार्वती जिसी, रामजी पौडेल, रामप्रसाद ढकाल र वसन्ती थापाले प्रस्तुती दिएका थिए भने हाँस्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुतीले दर्शकहरुलाई पेट मिचि मिचि हँसाएको थियो । बेलुका कन्सर्टमा गायक आशिष राना ‘लाउरे’ को प्रस्तुतीले स्टेज तताएको थियो । लाउरेको प्रस्तुती हुने भएपछि अपरान्हदेखी नै महोत्सवाम युवा युवतीहरुको उल्लेख्य उपस्थीती रहेको थियो ।
शुक्रबार कलाकारहरु पुष्कल शर्मा, सम्झना लामिछाने मगर, कुमार पुन, जिवन दाहाल शिवहरी ढुंगाना, ईन्द्र गुरुङ, मिरा पोखरेल, अमर धितालको प्रस्तुती रहनेछ भने बेलुका कन्सर्टमा दुर्गेश थापा र अस्मिता अधिकारीको प्रस्तुती रहने कलाकार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिएका छन ।
महोत्सवको थप आर्कषणको रुपमा रहेको युगल नृत्य प्रतियोगिता अन्र्तगत बिहिबारसम्म सहभागि २४ जोडी मध्ये १६ जोडी बाहिरिएका छन भने ८ जोडि सेमीफाईनलको लागि छनोट भएका खुल्ला युगल नृत्य प्रतियोगिताका संयोजक धिरज कुमार श्रेष्ठले जानकारी दिएका छन ।
महोत्सवमा गाडीदेखि साडीसम्म र नुनदेखि सुनसम्म एकै ठाउँमा पाइने भएपछि उत्पादक र उपभोत्ताको संगम स्थल महोत्सव बनेको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग वाणिज्य संघले गरे पनि महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा परिचित भएको निवर्तमान अध्यक्ष छत्रधर आत्रेय बताउँछन् ।