पोखराको फेवाताल किनारमा २६ औं सडक महोत्सव 

अंग्रेजी नयाँ वर्षको स्वागत

पोखराको फेवाताल किनारमा २६ औं सडक महोत्सव 

streetdd

तस्बिर : राधिका कँडेल

पोखरा । पर्यटकीय राजधानी सहर पोखराको लेकसाइडमा हिजोदेखि सडक महोत्सव सुरु भएको छ । ५ दिनसम्म चल्ने २६ औं पोखरा सडक महोत्सवको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान), पोखरा आयोजना गरेको हो । स्थानीय कला संस्कृतिको सम्वद्र्धनसहित आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने यो महोत्सव नेपालकै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो ।


यस वर्ष पनि अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ सुरु भएको महोत्सवको कोमागाने पार्कमा हुने विशेष समारोहबीच नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । त्यसअघि, खहरे चोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहित र्‍याली आयोजना भयो । जसमा विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा झाँकीसहित र्‍यालीमा सहभागी भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए ।

छिमेकी जिल्लाका प्रचलित नाचहरुले दर्शकको ध्यान खिचेको थियो । महोत्सवमा करिब ५ लाख पर्यटक सहभागी हुने अनुमान आयोजकको छ ।रेबान महासचिव एवं प्रचारप्रसार समिति संयोजक वीरेन्द्र शेरचनले स्थानीय कलासंस्कृति, मौलिक भेषभूषा प्रदर्शनी, स्थानीय उत्पादनलाई जोड दिएको बताए । सडक महोत्सवलाई अन्तर्राष्ट्रिय जगतसम्म चिनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको बताए ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहकलाई सेवा दिने छन् । महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, कन्सर्ट, खेलकुद खेलकुदतर्फ बोट रेस, वेटर रेस, टंग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौती विषयमा टक सो, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था रहेका छन् ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ । उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ । लेकसाइड यतिखेर ध्वजापताका, ब्यानरले दुलही झैं सिँगारिएको छ । सडक महोत्सवका मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रालिको टुबोर्ग वियर हो । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् छन्। महाेत्सवकाे अवसरमा हाेटलहरुमा छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया