पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो पोखरा आएकी छन् । उनी त्रिभुवन विश्वविद्यालय र चिनको सिचुवान विश्वविद्यालयको संयुक्त कार्यक्रममा सहभागी हुन पोखरा आएकी हुन् ।
उनले आज पोखरा २२ स्थित पुम्दीभुम्दीमा रहेको शिव मूर्तिको अवलोकन गरेकी छन् ।भण्डारी त्यहाँ पुग्दा स्थानीयले भजन चुट्कासहित स्वागत गरेका थिए । उनले शिव मन्दिर वरिपरि अवलोकन गरेकी थिइन् । उनले शिवको मूर्ति आउने गरी आफ्नो तस्बिर पनि खिचाएकी थिइन् । शिव मन्दिर परिसरबाटै देखिने फेवातालसहित हिमश्रृखलाको अवलोकन गरेकी थिइन् ।
पुम्दीकोट विकास समितिका अध्यक्ष रामचन्द्र बरालले शिव मूर्तिसहित अन्य बनिरहेका संरचनाको बारेमा जानकारी गराएका थिए । शिवको मूर्तिसँगै पार्वतीको मूर्ति समेत निर्माण गरिएको छ ।