पोखरामा ड्रागन रेस प्रतियाेगिता हुने

पोखरामा ड्रागन रेस प्रतियाेगिता हुने

logo-unevail-780×470

पोखरा  । पोखरामा अन्तर्राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।  चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा सुरू भए संगै यसल अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन लागेको पोखरा महानगर पालिकाका मेयर एवै नेपाल ड्रागन बोट संघका अध्यक्ष धनराज आचार्यले बताएका छन् । पोखरामा मंगलबार एक पत्रकार सम्मेलन गरी आयोजकले सो जानकारी दिएको हो ।

नेपालस्थित चिनका कार्यबहाक राजदुत वाङ सिङको समेत उपस्थितीमा भएको पत्रकार सम्मेलनमा यहि दिसेम्बर २९ र ३० तारिख (पौष १४ र १५ गते) आयोजना हुने उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको दोस्रो संस्करणको रुपमा सञ्चालन हुने प्रतियोगिताका बिजयी हुने क्रमशः पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद ५ हजार अमेरिकी डलर, २ हजार डलर र १ हजार २ सय डलर प्राप्त गर्नेछन् भने बिजेता बन्न नसक्ने टिमहरुलाई जनही नगद ५ सय डलर प्रदान गरिने मेयर आचार्यले जनाएका छन् । नेपालबाट नेपाल आर्मीको एक विभागिय टिमसहित नेपाली राष्ट्रिय टिम, पोखरा महानगर टिम, नारा टिम, बागमती टिम, कर्णाली प्रदेश टिम, गण्डकी प्रदेश टिम, हिमालयन रिभर गाइड टिम, बेगनास टिम र रुपाताल टिमको सहभागिता हुनेछ । प्रतियोगिता सम्पन्न गर्न चिनले ८ वटा विशेष प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रयोग हुने ड्रागन बोट प्रदान गरेको छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको प्रतियोगिताले नेपाल चिन द्विपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने मेयर आचार्यले  जनाएका छन् । “पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्न । पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास तथा पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरेका छौं,” मेयर आचार्यले भने ।

“पोखरा आफैमा स्पोर्टसको हव हो” मेयर आचार्यले भने–“पोखरामा हरेक दिन कुनै न कुनै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुँदै आएका छन् । त्यसैको एक प्रमुख इभेन्टको रुपमा ड्रागन बोट रेस रहेको छ । जसले यहाँको पर्यटन प्रवर्द्धनमा भूमिका खेलेको छ । पोखरा महानगर यहाँ हुने विभिन्न महत्वपूर्ण प्रतियोगिताहरुको संरक्षक समेत बनेको छ ।”

सो अवसरमा बोल्दै नेपालका लागि चिनका कार्यबहाक राजदुत वाङ सिङले पोखरालाई पर्यटन शहरको रुपमा विकास संगै दुई देश विचको सम्वन्धलाई बलियो बनाउन अन्तर्राष्ट्रिय ड्रागन बोट रेश महत्वपूर्ण कडिको रुपमा रहेको जनाए । उनले भने–“पोखरा आफैमा निकै सुन्दर छ । यहाँ प्राकृतिक र सांस्कृति पक्षलाई अझै उजगार गर्न हामीले सहकार्य गर्नेछौं ।” उनले सन २०२५ मा हुने पोखरा भ्रमण कार्यक्रमलाई समेत सहयोग गर्ने बताउँदै पोखराको विकासका लागि साझेदारीका कार्यक्रमहरु अघि सार्ने उल्लेख गरे ।

प्रतियोगिातामा पुरस्कार राशी नगद रु २५ लाख हुने आयोजकले जनाएको छ भन्ने अन्य खर्चको बारेमा अझै अनिश्चित रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि १२९ जना खेलाडी र आफिसियल टोलीसहितको चार्टर विमान दिसेम्बर २६ तारिख चिनको छिन्चुबाट सोझै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । पत्रकार सम्मेलनमा मेयर आचार्य, कार्यबहाक राजदुत सिङले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरे ।

प्रतिक्रिया