पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्षमा कास्कीका रामकृष्ण ज्ञवालीको उम्मेदवारी

पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्षमा कास्कीका रामकृष्ण ज्ञवालीको उम्मेदवारी

rk

पोखरा ।  नेपाल पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्षमा कास्कीका रामकृष्ण ज्ञवालीले उम्मेवारी दिएका छन् । उनले प्रेस चौतारी र प्रेस युनियन मिलेर बनेको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

पोखराबाट प्रकाशित हुने समाधान दैनिकका प्रधान सम्पादक ज्ञवाली पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् । काडमाडौंबाट प्रकाशित हुने राजधानी दैनिक, एभिन्युज टेलिभिजनमा काम गरिसकेको ज्ञवाली २०५५ सालदेखि पत्रकारितामा क्रियाशील छन् । कास्कीकाे गगन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका ज्ञवालीले जनमत दैनिक, पाेखरापत्र दैनिकमा पनि काम गरेका थिए ।

प्रेस चौतारीका केन्द्रीय नेतासमेत रहेका ज्ञवालीले यसअघि २०७७ सालमा भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा सचिवमा उम्मेदवारी दिएका थिए । पत्रकार महासंघकाे केन्द्र, प्रदेश र जिल्लामा एकै दिन मंसिर २८ गते मतदान हुँदैछ । प्रदेशकाे २४ गते र जिल्लाको २६ गते उम्मेदवारी दर्ता तोकिएको छ ।

प्रतिक्रिया