काठमाडौंं (नेपालय नेटवर्क) नेपाल प्रिमियर लिग(एनपिएल)को चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । आज भएको दोस्रो खेलमा त्रिभुवन विश्वविखलय कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको हो ।
चितवनका लागि रवि बोपाराले ५१ रन, कप्तान कुशल मल्लले ३८ रन, ल्युक बेनकेनस्टेनले १६ रन, ओपनर हसन इसाखिलले १४ रन बनाए ।
पोखराका लागि विपीन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग विराटनगर किंग्स ९० रनले पराजित भयो । अहिले पोखरा एभेन्जर्सले ब्याटिङ गरिएको छ ।