पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LIZA) र बित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) बारे स्थानीयतहरूको अनुशिक्षण कार्यक्रम सोमबार भएको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरेका हुन् । पौडेलले स्वमूल्याकंन र बित्तीय जोखिम मूल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुँदा उत्कृष्ट नतिजाका लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे । प्रमुख पौडेलले अनुशिक्षणमार्फत् सबै पालिकाहरू निरन्तर कार्यक्षमता बढाउन लाग्नु पर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे ले स्थानीय तह संस्थागत क्षमता स्व: मूल्यांकन ( LIZA) र वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) बारेमा सहजीकरण गरेका थिए ।
अनुशिक्षण कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख, कार्यकारी अधिकृतहरू र विषयगत क्षेत्र हेर्ने फोकल पर्सन कर्मचारीहरूको सहभागीता रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला समन्वय समिति कास्कीका सदस्य सितादेवी विश्वकर्माले र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।