रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

rabi court 3

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेलाई १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई १५ दिन हिरासतमा राख्द्यन अनुमति दिएको हो । लामिछानेलाई कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा सहकारीहरुबाट ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको बताएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया