पोखरा ढुङगेसाँघुमा हुने कोटीहोमको तयारी अन्तिम चरणमा

पोखरा ढुङगेसाँघुमा हुने कोटीहोमको तयारी अन्तिम चरणमा

d69e6dea-bf47-4063-9c03-b4c573df3da0

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।

अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म  कोटिहोम गर्न लागिएको हो  । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरी तयारी अवस्थामा राखिएको छ । मन्दिरमा रंगरोगर र ध्वजापतकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिए ।कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल शनिबार पोखरा आइसकेका छन् ।

अमेरिकामा बस्दै आएका प्रमुख बाचक ढकाल शनिबार पोखरा आइपुगेका हुन् । ढकालको स्वागतमा अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भब्य स्वागत गरिएको छ । विमानस्थलबाट पोखरा १५ कोलपाटनमा रहेको राधेराधे मन्दिरमा विशेष पुजा अर्चनामा सहभागी भए लगत्तै बाचक ढकाललाई बाजागाजाहित कोटिहोम स्थल धाममा पुर्‍याएको समितिका सचिव कमला बरालले जानकारी दिइन् ।

यज्ञ स्थलको निरीक्षणपछि ढकालले समितिका पदाधिकारी स्थानीयलाई विशेष निर्देशन दिदैँ हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न संकल्पित भएर लाग्न भने ।  बहुसाँस्कृतिक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हरिहर क्षेत्र, पुण्यभूमिलाई साँस्कृतिक पहिचान, धार्मिक एवं पुरातात्विक सम्पदाको जगेर्ना र संरक्षण गदैँ पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने ढकालले बताए ।

बाचक ढकालको स्वागतमा कोटिहोम स्थालमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै पोखरा महानगर वडानम्बर १५ का वडासदस्य बलराम पौडेलले कोटीहोमलाई सफल बनाउन वडाले सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रकृतिले दिएको सम्पदालाई संरक्षण गरेर यस क्षेत्रको विकासमा समेत प्रयोग गर्न सकिने पौडेलले बताए । धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी बनाइएको छ कोटीहोममा कथा बाचनका लागि १५ भन्दा बढि धर्म गुरु आउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया