‘वातावरण र प्रकृति मैत्री विकास नै सन्तुलित विकास’ 

‘वातावरण र प्रकृति मैत्री विकास नै सन्तुलित विकास’ 

dcc1
पोखरा । जिल्ला समन्वय समिति कास्कीले सन्तुलित विकास बारे अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विकासशील देशमा परिणत हुने तयारी गर्दै गर्दा सन्तुलित विकासका लागि सरोकारवाला कार्यालयहरूसहित स्थानीयलाई समेत सचेत गराउनुपर्ने उल्लेख गरे ।
उनले विकासका सबै सूचकांक सकारात्मक बनाउन सबैको सामूहिक प्रयास जरुरी भएको बताए ।  नीति निर्माणका क्रममा देखिएका त्रुटि सच्याउदै अगाडि बढ्न आग्रह  गरे । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले विकास जनताका लागि भएको तथ्य स्मरण गर्दै वातावरण र प्रकृति मैत्री भौतिक विकासमा जोड दिएमा मात्र लक्षित आर्थिक र सामाजिक विकास सम्भव हुने उल्लेख गरे । कार्यक्रममा तथ्यांक समन्वय कार्यालय पोखराका प्रमुख नन्दलाल सापकोटाले सामाजिक , आर्थिक विकास र भौतिक विकासका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए । सापकोटाले सन्तुलित विकासले मात्रै दिगो विकासका लक्ष्य पूरा हुने र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गरे ।
रूपा गाउपालिकाका प्रमुख नवराज ओझा, जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य , नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेल,लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी, होटल संघ पोखराका उपाध्यक्ष गणेशराज पाहारी, इन्सेक गण्डकीका प्रमुख शिव खकुरेल,पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य ,एनजिओ फेडेरेसन गण्डकीका अध्यक्ष पदमबहादुर पाहारी, पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत खत्री, संघीय आयोजना कार्यान्वयन इकाइ प्रमुख सुनीता श्रेष्ठसहितले सन्तुलित विकासका बारेमा बोलेका थिए ।
कार्यक्रममा कास्कीका पालिका प्रमुख,उपप्रमुख, विकास सम्बद्ध कार्यालयका प्रमुखहरू , नागरिक समाज, उद्योग वाणिज्य र पर्यटन सम्बद्ध संघ संगठनसहितका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत जिसस. कास्कीका सदस्य सितादेवी विश्वकर्माले गरेकी थिइन् ।

प्रतिक्रिया