रेडियो नेपाल गण्डकी प्रमुख शान्तिले गरिन् पदभार ग्रहण

रेडियो नेपाल गण्डकी प्रमुख शान्तिले गरिन् पदभार ग्रहण

shanti-gurung

पोखरा । रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण कार्यालयकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङले पदभार ग्रहण गरेकी छन् । गुरुङ प्रादेशिक प्रशारण कार्यालय पोखराको पहिलो महिला कार्यालय प्रमुखसमेत बनेकी छन् । रेडियो नेपालको केन्द्रीय कार्यालयमा सरुवा भएका निवर्तमान कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवसहित कार्यालयका कर्मचारीमाझ गुरुङले आज पदभार ग्रहण गरेकी हुन् ।

२७ वर्षअघि सहसमाचार वाचकका रुपमा रेडियो नेपाल प्रवेश गरेकी गुरुङ वरिष्ठ सम्पादक हुन् । समाजशास्त्र र आमसञ्चारमा स्नातकोत्तर गुरुङ लोकगायन क्षेत्रमा समेत स्थापित छन् ।  उनले रेडियामा भएको सीमित स्रोत, साधनका बाबजुद संस्थालाई अझ स्थापित, लोकप्रिय बनाउँदै जनतासम्म लैजान भूमिका निर्वाह गर्ने वाचा गरिन् ।

यस अघिका कार्यालय प्रमुखहरुले सुरुआत गरेका राम्रा कामलाई निरन्तरता दिँदै आवाजविहीनहरूको आवाज बनाउने गरी सबैलाई साथ लिएर काम गर्ने जनाइन् । रेडियो नेपाल प्रादेशिक कार्यालय पोखरामा २८ कर्मचारी छन् ।

प्रतिक्रिया