बुटवलबाट रवि लामिछानेलाई पोखरा ल्याइयाे

बुटवलबाट रवि लामिछानेलाई पोखरा ल्याइयाे

rabi court 4

फाइल तस्बिर

पोखरा । सहकारी ठगी प्रकरणामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।  बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार उनलाई रूपन्देही लगिएको थियो । बिहीबार उनको बयान सकिएपछि आज पोखरा ल्याइएको हो । उनलाई यति एयरको विमानमार्फत पोखरा ल्याइएको  प्रहरीले जनाकारी दिएको छ ।

रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरामा ल्याइएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौंथो पटक कास्की अदालतबाट म्याद थप भएको छ । अदालतले कात्तिक २५ गते  १३ दिन हिरासतमा राख्न अनुमित दिएको हो । सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा सहकारीहरुबाट ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको बताएको थियो ।

सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ । यसअघि सहकारी ठगी प्रकरणमै पक्राउ परेका गाेर्खा मिडियाका अर्का सञ्चालक छविलाल जाेशीलाई पनि बुटवल लगेर पोखरा ल्याइएको थियाे ।

प्रतिक्रिया