मर्दी हिमाल आरोहण क्रममा बेपत्ता गाइड मृत भेटिए, मंगलबार शव निकाल्न सकिएन

मर्दी हिमाल आरोहण क्रममा बेपत्ता गाइड मृत भेटिए, मंगलबार शव निकाल्न सकिएन

mardi himal

पोखरा । मर्दी हिमाल आरोहणका क्रममा बेपत्ता भएका नेपाली पथ प्रदर्शक मृत भेटिएका छन् । कास्मकीको र्दी हिमाल आरोहणका क्रममा आइतबारबाट सम्पर्कविहीन पथप्रदर्शक नुवाकोट काल्चे–१ का लालबहादुर तामाङको शव मंगलबार भेटिएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका लागि काठमाडौंको सनराइज एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए । तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएकोमा मंगलबार उनको शव फेला परेको हो ।

मंगलबार बिहान हेलिकोप्टरबाट शव रहेको ठाउँ पत्ता लागेपछि दिउँसो शव निकाल्ने प्रयास भएको माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताए । उनका अनुसार तामाङको शव अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को सीमातिर देखिएको र निकाल्न नसकिएको जानकारी दिए । शव निकाल्न गएको  शेर्पासहितको टोली होलिकोप्टरबाटै पोखरा फर्किएको र आज बुधबार शव निकाल्ने प्रयास गरिने छ ।

आरोहणका लागि गएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई आइतबार साँझ तामाङ लडेको जानकारी दिएका थिए । उनको खोजीका लागि हिजो बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि समेत मर्दीको हाइक्याम्प पुगेका थिए । तामाङ शव भेटिएको स्थान समुद्री सतहदेखि करिब पाँच हजार चार सय मिटरको उचाइमा छ ।

प्रतिक्रिया